सुरक्षाकर्मीको संयमताले दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ । गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एक जनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिए ।
मृत्यु हुनेमा स्थानीय सञ्जीव ऐडी रहेको जनाइएको छ । आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एक जनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उनले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताए ।
उनले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताए । दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उनको भनाइ छ । स्थानीयले ढुङ्गा र बाँसले हानेर केही प्रहरीसमेत घाइते भएका उनले बताए ।
उनले बाजुरा, सुर्खेतलगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको पनि बताए । अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा रहेको सचिव सिंहले जानकारी दिए ।
बाजुराका सहायक प्रजिअ लोकेन्द्रबहादुर विष्टले उक्त घटनामा एक जनाको मृत्यु भएको र दुई घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको जानकारी दिए । सो क्षेत्रमा अहिले नेपाली सेनाको टोलीसमेत पठाइएको गृहमन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया