श्रम स्वीकृतिको अवधि समाप्त हुनुअगावै नवीकरण गराउन आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअगावै आफू कार्यरत मुलुकबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनुअगावै नवीकरण गर्न आग्रह गरेको हो ।
वैदेशिक रोजगार विभागको वेबसाइटबाट जुनसुकै मुलुकमा भए पनि श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । आफ्नो श्रम स्वीकृतिको म्याद रहे÷नरहेको व्यहोरा विभागको उक्त वेबसाइटमा गई जाँच गर्न सकिन्छ । म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गर्नुपर्छ ।
वैदेशिक रोजगार कल्याणकारी कोष र बीमाबापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैंक खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा रकम पठाउन सकिने व्यवस्था मिलाइएको मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् ।
एकपटक श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी श्रमिकले आफू कार्यरत मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्नसक्ने व्यवस्था गरेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनैपर्ने व्यवस्था छ ।
ऐनले विदेशमा रोजगारीमा रहँदा मृत्यु भएमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा दाखिला गरेको रकम र विदेश जानुपूर्व नेपालमा नै गरेको बीमाबाट निज मृतकको शवको व्यवस्थापन गर्ने र परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा गम्भीर बिरामी भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमवापतको रकम दाबी गर्न नसकिने मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया