Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रमुख आयुक्तसँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता

प्रमुख आयुक्तसँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता


काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त (स्टयाण्डिङ कमिसनर)ले सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका छन् । निर्वाचन पर्यवेक्षणको लागि निजी क्षेत्र तथा विभिन्न मुलुक जापान, बंगलादेश लगायतबाट पर्यवेक्षकहरु आएका थिए । उत्साहप्रद हुन नसकेको यस निर्वाचनमा ६१ प्रतिशत मत खसेको अयाोगले जनाएको छ । जुन आयोगको अपेक्षाभन्दा न्यून रहेको छ । यस्तै, निर्वाचनमा अवरोध समेत भएको थियो जसले गर्दा सुरक्षा टोली र मतदाताबीच झडप समेत भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x