Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्वाचन सम्पन्न भएपछिको पहिलो दिनको सेयर बजार घट्यो

निर्वाचन सम्पन्न भएपछिको पहिलो दिनको सेयर बजार घट्यो


काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार परिसुचक चुनाव सम्पन्न भएपछि पनि नसुध्रने देखिएको छ । चुनावअघि पनि निरन्तर घटेको सेयर बजार चुनाव सकिएपछि पनि निरन्तर ओरालो लाग्न सक्ने संकेत चुनाव सम्पन्न भएपछि मंगलबार खुलेको कारोबारबाट देखिएको छ । आज सुरुवाती समयमा बजार परिसुचक उकालो लागेको भएपनि अन्तिम समयमा सात दशमलव १३ अंकले ओरालो लागेर १९ सय २९ दशमलव ७० बिन्दुमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ६० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोबार रकम एक अर्ब ३५ करोड २८ लाख ८५ हजार सात सय ७९ रुपैंयाँ ६५ पैसा पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x