Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल नै ठगी धन्दामा !

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल नै ठगी धन्दामा !


काठमाण्डौं,फागुन २५
नेपालीहरुमाझ आफूलाई ग्रेटर नेपालका अभियन्ता बताउँदै आएका फणीन्द्र नेपाल नाम गरेका व्यक्तिबाट घरबेटी नै पीडित बनेका छन् । फणीन्द्र नेपालबाट पीडित बनेका घरधनी हुन्— राजधानीको चाबहिल निवासी नरेश न्यौपाने । उनी फणीन्द्र नेपालका घरबेटी हुन् । काठमाडौंमा घरबेटीका कारण घर बहालमा बस्नेहरु पीडामा छन् । तर, न्यौपाने भने आफूलाई घर बहालमा बस्ने फणीन्द्र नेपालले ठगी ग¥यो भन्दै अड्डा अदालत धाउँदैमा हैरान छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल गणेस्थानबाट धोबिखोलातर्फ ओरालो झर्दै गर्दा बायाँतर्फ साँढे २ तलाको चाइनिज इँट्टा लगाएको घरमा फणीन्द्र नेपालले विद्यालय सञ्चालन गरेका छन् । तर, उक्त विद्यालयको भाडा दिनु त परको कुरा वडादेखि महानगरपालिकाले घर खाली गर्नु भन्दा समेत अटेरीपूर्वक कब्जा गरेर बसिरहेका छन् । करिब डेढ रोपनी क्षेत्रफलमा फैलिएको उक्त घर न्यौपानेको पैतृक सम्पत्ति हो । यो घरमा ग्रेटर नेपालका अभियन्ता नेपालले इडेन पब्लिक स्कुल सञ्चालन गरेका छन् । न्यौपानेले आफ्नो घर २०५४ सालमा श्यामकृष्ण क्षेत्रीलाई विद्यालय सञ्चालनका लागि भाडामा दिएका थिए । तर, सामान्य चिनजान नेपालसँग पनि थियो । नेपाल र क्षेत्रीको साझेदारीमा इडेन पब्लिक स्कुल सञ्चालनमा रहेको बताइन्थ्यो । उनीहरुबीच साझेदारीमा विवाद भएपछि क्षेत्रीले विद्यालय छाडे । २०६७ साउन १ न्यौपानेको घर भाडा सम्झौता भयो । सम्झौताको साक्षीमा उनै फणीन्द्र नेपाल थिए । सम्झौताको म्याद सकिएपछि २०७२ सालमा घरधनी न्यौपानेले घर खाली गरिदिन इडेन पब्लिक स्कुललाई आग्रह गरे तर विद्यालय सञ्चालकहरुले भाडा बढाएर (१ लाख ५० हजार) मासिक भाडा दिन्छु भनेपछि उनले फेरि एक वर्षका लागि घर भाडामा दिए । फणीन्द्रले घर धनी भाडा लिन जाँदा श्रीमती बाहिर गएको छ पछि दिन्छु भन्दै टार्ने गर्थे । उक्त करारनामामा घर धनीका तर्फबाट न्यौपाने र विद्यालयको तर्फबाट फणीन्द्र नेपालकी पत्नी तथा इडेन पब्लिक स्कुलका निर्देशक प्रिन्सिपल रोहिका नेपालले सहीछाप गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा भने उनै फणीन्द्र नेपाल थिए । तर, सम्झौताबमोजिमको भाडा नदिएपछि न्यौपानेले फोन गरे तर फोन उठेन । भाडा पनि नतिर्ने घर पनि खाली नगरेपछि न्यौपानेले २०७५ असोज १८ गते मित्रपार्कमा रहेको वडा कार्यालयमा निवेदन दिए ।

‘करार बमोजिमको भाडा उठाई जग्गा, र कम्पाउन्ड तथा घर खाली गराई पाऊँ’ भन्ने उनको माग थियो । वडा कार्यालयले मंसिर १३ गते नेपालद्वारा सञ्चालित इडेन पब्लिक इस्कुललाई छलफलमा बोलायो । वडा कार्यालयले मिलापत्र गरायो । ४ बुँदे सहमतिमा २०७५ साल वैशाखदेखि चैतसम्मको भाडा एकमुष्ठ १२ लाख रुपैयाँ इडेन पब्लिक स्कुलले घरधनीलाई बुझाउने पहिलो बुँदामा उल्लेख थियो । करारबमोजिम नेपालद्वारा सञ्चालित इडेन पब्लिक स्कुलले पुरानो बुझाउनुपर्ने ९ लाख ५० हजार बाँकी नै थियो । सो रकमसहित गरेर जम्मा २१ लाख ५० हजार घरधनीलाई बुझाएर २०७५ चैत मसान्तमा घर खाली गरिदिने सम्झौता थियो । सम्झौतामा घर धनीका तर्फबाट न्यौपाने र इडेन पब्लिक स्कुलका तर्फबाट फणीन्द्रकी श्रीमती रोहिका नेपालले हस्ताक्षर गरेकी थिइन् । चेक बाउन्समा पक्राउ पर्दा ग्रेटर नेपालको प्रचार !उनी जति पटक पक्राउ परेका छन् । घर भाडामा दिएको चेक बाउन्सलगायत मुद्दामा प्रहरीले पक्राउ गरेको हो । तर, नेपालले आफूलाई ग्रेटर नेपालको अभियन्ता भएको कारण पक्राउ गरेको भन्दै विषयलाई तोडमोड गर्दै आएका छन् ।२०७५ मंसिर २१ गते नेपालले आफ्नै नामको ६ लाखको चेक न्यौपानेलाई दिए । तर, घरबेटी न्यौपाने बैंकमा चेक भुक्तानीको लागी जाँदा खातामा पैसा नरहेको खुल्यो । चेक बाउन्स गरेपछि उनीविरुद्ध पीडित न्यौपानले महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिए । प्रहरीले पीडितको जाहेरीको आधारमा नेपाललाई वैशाख १० मा पक्राउ ग¥यो । पक्राउपछि १७ दिन अनुसन्धानका लागि हिरासतमा राखेपछि अदालतमा पेश ग¥यो ।

‘कानुनबमोजिम चेक रहेको र बदर समेत नभएको अवस्थामा चेक बाउन्स भएको अवस्थामा प्रतिवादीले कानुन बमोजिमको दायित्व वहन गर्नुपर्ने नै देखियो’, जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुलप्रसाद शर्माले नेपालविरुद्धको बैंकिङ कसुर मुद्दाको ठहरखण्डमा भनेका छन्, ‘यसरी प्रतिवादी फणीन्द्र नेपालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी अर्थात् थाहा हुने पर्याप्त आधार र कारण हुँदाहुँदै जाहेरवालालाई ६ लाख चेक काटी दिई सोको भुक्तान हुन नसकेकोबाट निजले अभियोग दाबीबमोजिम बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर गरेको निर्विवाद रुपमा पुष्टि हुन आयो ।’अदालतको फैसलाअनुसार नेपालले २ लाख रुपैयाँ धरौटी बुझाए भने बाँकी रकम हालसम्म बुझाएका छैनन् । अदालतले बाँकी रहेको ३ लाख ९५ हजार ८ सय रुपैयाँ असुलउपर गर्न समेत आदेश दिएको थियो । आदेशको ६ महिना बितिसक्दा पनि नेपालले आदेशअनुसारको रकम बुझाएका छैनन् । उनी आफू ग्रेटर नेपालको अभियन्ता भन्दै ढाँट्दै हिँडिरहेका छन् ।वडाको निर्देशन समेत मान्दैनन् नेपाल !गत साउन १५ गते वडा कार्यालयले काठमाडौं महानगरपालिका न्यायिक समितिलाई पत्राचार गर्दै ‘इडेन पब्लिक स्कुलले १५ वर्षदेखि न्यौपानेको घर भाडामा लिएको र घर भाडाको लेनदेन सम्बन्धमा विवाद उत्पन्न भई पटक पटक छलफल गराउँना सहमति गराएकोमा निज रोहिका नेपालले सहमतिको उल्लंघन गरी घर जग्गा नछाडेको र घर भाडाबापतको रकम समेत नदिएको’ उल्लेख छ ।त्यस्तै घर खाली गराउनका लागि काठमाडौं महानगरपालिकाले २०७६ पुस २३ गते इडेन पब्लिक स्कुलका प्रिन्सिपल रोहिका नेपालको नाममा पत्राचार गरेको छ । पत्रमा ३५ दिनभित्र घर खाली गर्न र भुक्तानी हुन बाँकी रहेको भाडाबापतको १५ लाख ५० हजार भुक्तानी गर्न साथै नेपाल प्रहरीको सहयोगमा घर खाली गर्न निर्देशन दिएको छ । तर महानगरपालिकाको निर्देशन समेत पालना नभएको पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x