Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि


काठमाडौं । एक साताअगाडि भएको मतगणना अझै जारी छ भने तीनवटा निर्वाचन क्षेत्रको मतगणना कहिले सुरु हुने अझै निश्चित छैन । शनिबार रातिसम्मको मत परिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस प्रथम हुने निश्चित भएको छ भने समानुपातिकतर्फ नेकपा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ ।

समानुपातिकतर्फ एमालेले कांग्रेसभन्दा ९५ हजार तीन सय आठ मत बढी पाइसकेको छ । निर्वाचन आयोगले शनिबार राति ११ बजे निकालेको तथ्यांकअनुसार नेकपा एमालेले २२ लाख २३ हजार आठ सय ८१ मत पाउँदा नेपाली कांग्रेसले २१ लाख २८ हजार पाँच सय ७३ मत मात्र पाएको छ । तेस्रो हुने नेकपा माओवादी केन्द्रले नौ लाख ३३ हजार सात सय ३८ मत र चौथो राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख नौ सय ६७ मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ७७ हजार तीन सय दुई, जनता समाजवादी पार्टीले दुई लाख ६० हजार तीन सय ९२, एकीकृत समाजवादीले दुई लाख सात हजार दुई सय ७३, जनमत पार्टीले एक लाख ९६ हजार ४६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९० हजार ३३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख आठ हजार ३३, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ८५ मत पाएका छन् ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५२ क्षेत्रमा जित निकालेको छ भने नेकपा एमालेले ४० क्षेत्र जितेको छ । नेकपा माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, राप्रपाले सात, जसपाले छ, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले र जनमत पार्टीले एक÷एक तथा अन्यले छ स्थानमा जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

नौ स्थानको मतगणना जारी रहे पनि दोलखा, स्याङ्जा दुई र बाजुराको मतगणना कहिलेदेखि गर्ने अझै निश्चित छैन । ती जिल्लामा बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग भइरहेको छ । बाजुराको एउटा मतदान केन्द्रशमा शनिबार मतदान भए पनि अन्य मतदान केन्द्रमा के गर्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय लिइसकेको छैन ।

समानुपातिकमा छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि
प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले शनिबार साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ ।

त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु¥याउनसकेका छैनन् ।

मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने (एमाले) ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ ।

बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार पाँच सय ६६ मत पाएको छ ।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x