अर्थतन्त्रलाई मजवुत बनाउन निर्यात प्रवर्द्धनमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल–इन्डिया बीएफएसआई पार्टनरसीप समिट कार्यक्रममा उनले नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव पनि चाँडै नै समाधान हुने बताए ।
त्यसैगरी दुवै देशबीच रेमिट्यान्सलाई फर्मलच्यानलबाट आदानप्रदान गर्नको लागि जोड दिन आग्रह समेत उनले आग्रह गरे । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको उनको भनाइ थियो । बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इन्डिया–नेपाल सेन्टर, पीएचडी चेम्बर अफ कमर्स भारतको सहकार्यमा शुक्रबार आयोजित समिटमा नेपाल र भारत दुई देशबीचका बैंक तथा वित्तीय संस्थाहरूबीच के–कस्ता कार्यहरूमा सहभागिता गर्न सकिन्छ, दुई देशबीच लगानी, रेमिट्यान्स, व्यापार, बैंकिङ विषयहरूमा के–कस्ता समस्याहरू छन् र ती समस्याहरू निवारण गर्नका लागि के–कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरू छलफल भएको थियो ।
कार्यक्रममा दुई देशबीच बैंक, वित्तिय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्सियल नीतिहरू थप प्रभावकारी बनाउनको लागि नेपाल दुई देशका विज्ञहरूले आ–आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा नेपाल र भारतबीच बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स क्षेत्रमा सम्भावित सहकार्य, हाइड्रो प्रोजेक्ट र कृषिमा लगानीलगायतका सम्बन्धमा छलफल भएको थियो । बैंक तथा वित्तीय क्षेत्रमा भारतमा भएको इनोभेसन र रिफर्म, बैंक तथा वित्तीय क्षेत्रमा भारतले गरेको प्रगति र अनुभवबाट नेपालले टेक्नोलोजी टान्सफर, लगानी प्रवद्र्धन र सहकार्यका सम्बन्धमा हाल भइरहेको लगानी र थप लगानीका क्षेत्रहरू र नीतिगत सुधारका सम्बन्धलगायतका बारेमा पनि सहभागीहरूले धारणा राखेका थिए । यस्तै कार्यक्रममा नेपालमा लगानीका अवसर, विद्यमान नीतिगत व्यवस्थाहरू, समस्याहरू र बैंक तथा वित्तीय संस्था र नियामक निकायको सम्बन्धका बारेमा पनि चर्चा भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
- किन घट्यो बैंकमा मुद्दती खाताको अनुपात ?
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया