काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कारोबार सञ्चालनको लागि अनुमति माग गर्दै आवेदन दिएकामध्ये सातवटा कम्पनीहरुलाई लघुबीमा कारोबार सञ्चालनको लागि अनुमति दिएको छ । आइतबार प्राधिकरणले सूचना जारी गर्दै लघुजीवन बीमातर्फ तीनवटा र लघुनिर्जीवन बीमातर्फ चारवटा कम्पनीहरुलाई कारोबार सञ्चालनको लागि अनुमति दिएको हो ।
प्राधिकरणका अनुसार लघुजीवन बीमातर्फ अनुमति पाउने कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । यसैगरी लघुनिर्जीवन बीमातर्फ भने ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले कारोबार सञ्चालनको लागि अनुमति पाएका छन् ।
प्राधिकरणले यसअघि २०७९ भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघुबीमा कारोबार सञ्चालनको लागि आवेदन माग गरेको थियो । सोअनुसार लघुजीवन बीमातर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्री शक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका थिए । यसैगरी लघुनिर्जीवन बीमातर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा, केयर माइक्रो जनरल इन्स्योरेन्स, स्टार माइक्रो, गण्डकी माइक्रो, सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नति र अल्फा एक्स्प्रेस कम्पनीले कारोबार सञ्चालनको लागि अनुमति माग गर्र्दै आवेदन दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया