Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठूलो आवाज निकाल्ने मोटरसाइकललाई १० हजार जरिवाना

ठूलो आवाज निकाल्ने मोटरसाइकललाई १० हजार जरिवाना


काठमाडौ । ठूलो आवाज निकाल्ने मोटरसाइकललाई वातावरण विभागले १० हजार रुपैयाँ जरिवाना तिराउने भएको छ । ठूलो आवाज निकाली ध्वनि प्रदूषण गराउने मोटरसाइकललाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीको लागि वातावरण विभाग सिंहदरबार पठाउने र विभागले जरिवाना गराउने गरेको छ ।

ट्राफिक प्रहरीले २९ वटा मोटरसाइकल पक्राउ गरी विभाग पठाएकोमा १२ वटा मोटरसाइकललाई १० हजार रुपैयाँ जरिवाना गराएको विभागले जनाएको छ । वातावरण विभागद्वारा परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो । १७ वटा मोटरसाइकलको सम्बन्धमा सोही विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा २९ वटा ठूलो आवाज निकाल्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ठूलो आवाज निकाली सवारीसाधन चलाउदा ध्वनि प्रदूषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले आग्रह समेत गरेका छन् ।

त्यस्तै स्कुल बस चेकिङमा १८ जना स्कुल बसका चालक पनि कारबाहीमा परेका छन् । मापसे गरी सवारीसाधन चलाउँदै गरेका एक जना चालकसहित १८ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ईपीएस कलेज मिनभवनको बा २ ख २६ ३६ नम्बरको बसका चालक विकाश तामाङलाई मापसेको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो । मदिरा पिएर स्कुलका सवारीसाधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमअनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीहरूलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेकजाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x