Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमास्क र सेनिटाइजरको आपूर्ति बढाउने तयारी

मास्क र सेनिटाइजरको आपूर्ति बढाउने तयारी


काठमाण्डौं,फागुन २५
विश्वभर त्रास फैलाएको कोरोना भाइरस (कोभिड–९) बाट नेपाल समेत उच्च जोखिममा रहेको सन्दर्भमा सतर्कता अपनाउनको लागि भन्दै सरकारले मास्क र सेनिटाइजरको आपूर्ति बढाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विगत केही समययता मुलुकमा औषधि विशेष गरेर मास्क र सेनिटाइजरको खपत बढी मात्रामा हुनुको साथै मौज्दात समेत राख्ने गरेको पाइएकोले बजारमा यसको अभाव सिर्जना हुन नदिनका साथै उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सहज गर्ने विषयमा छलफल गरेको छ । बिहीबार र शुक्रबार चलेको बैठकमा उद्योगमन्त्री लेखराज भटले विगत केही समययता मुलुकमा औषधि विशेष गरेर मास्क र सेनिटाइजरको खपत बढी मात्रामा हुनुको साथै मौज्दात समेत राख्ने गरेको पाइएको भन्दै बजारमा यसको अभाव सिर्जना हुन नदिन तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरुको विषयमा विस्तृत छलफल गरेको बताए । मन्त्रालयले बजारमा मास्क र सेनिटाइजरको अभाव देखेसँगै यसको परिपूर्तिको लागि यसमा लाग्ने भन्सार महशुल छुटको लागि आग्रह गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता एवम् उपसचिव उर्मिला केसीले मन्त्रालयले मास्क र सेनिटाइजरमा लाग्दै आएको भन्सार महशुल छुट दिनको लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने तयारी गरेको बताइन् । ‘कोरोना भाइरसको जोखिमबाट बच्नको लागि पूर्वतयारीअनुरुप मास्क र सेनिटाइजर आवश्यक पर्छ’, उनले भनिन्, ‘सोही कारणले गर्दा भन्सार महशुल छुटको लागि अर्थलाई आग्रह गरेका हौँ । मन्त्रालयले पछिल्लो समयमा बजारमा चिनी, नुन, ग्यास, औषधिलगायतका वस्तुहरुको अभाव सिर्जना भएको विषयमा समेत अनुगमन गर्ने जनाएको छ ।’ उनले बजारमा चिनी, नून, ग्यास, औषधि लगायतका वस्तुहरुको अभाव भएको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभागलगायत सम्बद्ध निकायहरुबाट प्रभावकारी रुपमा अनुगमन गर्ने बताइन् । उपभोक्ताहरुलाई बजारमा उपभोग्य वस्तुहरुको अभाव नभएको विषयमा आश्वस्त पार्नका लागि सरकारी मात्र नभएर उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका संस्था तथा सम्बद्ध व्यवसायीहरुले समेत अनुगमनमा सहयोग गर्नेेछ । यस्तै मन्त्रालयले आपूर्ति व्यवस्था नियमित गर्ने र मूल्यवृद्धि हुन नदिने व्यवस्था मिलाउने, अनुचित नाफा कमाउने उद्देश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृत्रिम अभाव सिर्जना नगर्न सम्बद्ध व्यवसायीहरुलाई निर्देशन समेत दिएको छ । पेट्रोलियम पदार्थ, नुन, चिनी, चामललगायतका खाद्यान्नको आपूर्तिमा समस्या नरहेको बताउँदै उनले खाद्यव्यवस्था व्यापार कम्पनी लिमिटेडसँग २५ हजार ६ सय ६९ मेट्रिक टन चामल मौज्दात रहेको बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x