Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न

तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न


कञ्चनपुर, फागुन २५

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जद्वारा आयोजना गरिएको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ समापन गरिएको छ । गत ९ गतेदेखि दुई सातासम्म सञ्चालन गरिएको महोत्सवको शनिबार औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । समापन कार्यक्रममा भीमदत्त नगरपािलकाका नगरप्रमुख सुरेन्द्र विष्टले महोत्सवको प्रगति विवरण सार्वजनिक गरेका छन् । कार्यक्रममा नगर प्रमुख विष्टले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन महोत्सवमा कोशेढुङ्गा भएको बताए । वर्षा र कोरोना संक्रमणको त्रासले महोत्सव कार्यक्रमका केही कार्यक्रमलाई अवरोध पुगेको नगर प्रमुख विष्टले बताए । महोत्सव उद्घाटनका दिन निकुञ्ज प्रवेशद्वारमा बाह्रसिंगाको मूर्ति स्थापना गरी मझगाउँ चौकलाई बाह्रसिंगा चोक नामकरण समेत गरिएको छ । महोत्सवमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ बालबालिका र नेपाल भारतका साहित्यकारहरुले पहिलोपटक सामूहिक रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । भीमदत्त नगरपालिकाले सबैलाई निःशुल्क रुपमा निकुञ्ज भ्रमण गराएको बताएको छ ।

नगरपालिका कार्यालयका अनुसार भ्रमण गर्नेमा अपाङ्गता भएका ३५, ज्येष्ठ नागरिक ९०, एकल महिला ६०, अनाथ बालबालिका ३२ र दुवै देशका साहित्यकार २० जना छन् । महोत्सव अवधिमा एक हजारभन्दा बढी स्वदेशी र विदेशी पर्यटनले निकुञ्ज भ्रमण गरेको नगरप्रमुख विष्टले बताए । पर्यटकहरुलाई मझगाउँस्थित निकुञ्ज कार्यालय र पिपरियास्थित हात्तीसार पोष्टबाट प्रवेश गराइएको थियो । पर्यटन विकासको कुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विषयमा मदनचोकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो, प्रतियोगितामा पूजा सुनार प्रथम, पूजा नेगी द्वितीय, जीवन ज्योति कलौनी तेस्रो र कृष्ण बुढाले चौथो स्थान हासिल गरेका बताएका छन् ।महोत्सवमा १० लाख ५५ हजार रुपैयाँ खर्च गरिएको आयोजकले जनाएको छ । त्यसमा भीमदत्त नगरपालिका ५ लाख, नेपाल पर्यटन बोर्ड २ लाख ५० हजार, प्रकृति संरक्षण कोष ५५ हजार, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २ लाख र कञ्चनपुर उद्योग वाणिज्य संघबाट ५० हजार आम्दानी समापन कार्यक्रममा भीमदत्त नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x