१५ अंकले बजार घट्दा एक अर्ब ४९ करोड ४३ लाखको सेयर खरिद बिक्री
काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पश्चात सेयरबजार उकालो लाग्न सक्ने आमलगानीकर्ताहरुको अपेक्षा बिपरित सेयर परिसुचक ओरालो लागेको छ ।
अघिल्लो दिन त्रैमासिक समिक्षा सार्वजनिक हुनुभन्दा केही घण्टा अघिसम्म उच्चरुपमा बढेको सेयर बजार परिसुचक एवं कारोबार रकम त्रैमासिक समिक्षा सार्वजनिक भएपछिको पहिलो दिन अर्थात आज सोमबार उच्च अंकले ओरालो लागेको छ । अघिल्लो दिन ३२ दशमलव ४३ अंकले उकालो लागेर दुई अर्ब दुई करोड रुपैंयाँको सेयर किनबेच भएको छ । तर सोमबार भने बजार परिसुचक १५ दशमलव ६१ अंकले ओरालो लागेर १९ सय ५० दशमलव ३७ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६५ बिन्दुले ओरालो लागेर तीन सय ८२ दशमलव ६१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३६ वटा कम्पनीहरुको २४ हजार नौं सय ५१ पटक सेयर किनबेच भएको छ । जसबाट आज ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल कारोबार रकम एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
- दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- चाडपर्व र चिनी
- बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया