Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोकिएका निर्वाचन क्षेत्रका मतगणना सुरु

रोकिएका निर्वाचन क्षेत्रका मतगणना सुरु

समानुपातिकमा एमालेलाई २६ लाख मत


काठमाडौं । मतगणना भइरहे पनि विवादका कारण रोकिएको सुनसरी क्षेत्र नम्बर ४ र उदयपुर क्षेत्र नम्बर १ पनि मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सुनसरी–४ का नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतले सडक संघर्ष गर्ने चेतावनी दिएपछि साँझ निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएको हो ।

एमालेका कुसियैतसँग सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिस्पर्धामा छन् । एक सयभन्दा कम मतले कार्की अगाडि रहे पनि विगतदेखि नै एमालेको राम्रो प्रभाव क्षेत्रको मतगणना बाँकी रहेको कारण कांग्रेस उम्मेदवार मन्त्री कार्कीले पुनः मतदान गर्न माग गरेपछि गणना अवरोध भएको थियो । तर, आयोगले स्थगित मतगणना सुरु गर्न निर्देशन दिएपछि कार्कीको माग पूरा नहुने भएको छ । उदयपुरमा पनि मतगणना हुने भएको छ । आयोगबाट जिल्लालाई त्यससम्बन्धी निर्देशन गइसकेको छ । बुथ कब्जा भएको दोलखामा बिहीबार मतदान हुने भएको छ भने बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को बारेमा निर्णय भइसकेको छैन ।

यसैबीच, समानुपातिकतर्फ ९४ लाख ७३ हजार पाँच मतगणना हुँदा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ । एमालेले सोमबार रातिसम्म २५ लाख ६६ हजार तीन सय ८४ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २४ लाख ३३ हजार एक सय ९८ मत ल्याएको छ । करिब २६ लाख मत प्राप्त गरेका छन् । एमालेले २६ लाखभन्दा बढी मत ल्याउने देखिएको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । यी दुई पार्टीबीच बेलाबेलामा उछिन्ने र पछि पर्ने क्रम जारी छ । अन्य पार्टीहरुको मत न्यून छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x