Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक राजस्व विभागमा मैनाली

आन्तरिक राजस्व विभागमा मैनाली


काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनालीलाई पठाइएको छ । अर्थमन्त्री जनार्दन शर्माको मन्त्रीस्तरीय निर्णयबाट उनी महानिर्देशक बनेका हुन् ।

निर्वाचनअघि नै उनलाई महानिर्देशक बनाउने तयारी भए पनि निर्वाचन आयोगले सहमति नदिएको कारण रोकिएको थियो । निर्वाचनपछि अर्थमन्त्री शर्माले रितेश शाक्यलाई अर्थ मन्त्रालयमा ल्याएर मैनालीलाई विभागको महानिर्देशक बनाएका हुन् ।

आन्तरिक राजस्वले बजेटको लक्ष्यअनुसार कर उठाउन नसकेको बेला मैनालीलाई त्यहाँ पठाइएको हो । उनी आन्तरिक राजस्वको बारेमा ज्ञाता मानिन्छन् । उनी नक्कली भ्याट बिल प्रकरणको बेलामा पनि छानबिन समितिमा बसेको कारण आन्तरिक राजस्वको बारेमा धेरै ज्ञान भएको कर्मचारीका रुपमा लिइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x