काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत एक खर्ब आठ अर्ब १२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । सो लगानी प्रस्ताव आएसँगै गत आर्थिक वर्षको चार महिनाको अवधिमा चालू आर्थिक वर्षको सोही अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत आउने लगानी प्रस्तावमा १९ दशमलव ८२ प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू आर्थिक वर्षको चार महिनाको अवधिमा २६ अर्ब ७४ करोड ३० लाख रुपैयाँले लगानी प्रतिबद्धतामा कमी आएको हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब ३४ अर्ब ८६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता एक सय १६ वटा उद्योग तथा १० हजार दुई सय ६८ जनालाई रोजगारीसहित आएको हो ।
यस्तै चालू आर्थिक वर्षको चार महिनाको अवधिमा आएको उक्त लगानी प्रतिबद्धता भने ९८ वटा उद्योग तथा सात हजार ५९ जनालाई रोजगारीसहित भएको विभागका अधिकारीले जानकारी दिएका छन् । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आवमा सबैभन्दा बढी ऊर्जाजन्यमा ७६ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ, उत्पादनजन्यमा नौ अर्ब ७१ करोड १५ लाख रुपैयाँ, सेवाजन्यमा आठ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, पर्यटनजन्यमा १३ अर्ब दुई करोड २४ लाख रुपैयाँ , सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा ३१ करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा १५ करोड रुपैयाँ र खनिजजन्यमा १० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
ऊर्जाजन्य २३ वटा, उत्पादनजन्य ३२ वटा, सेवाजन्य १५ वटा, पर्यटनजन्य २२ वटा, सूचना प्रविधिजन्य चारवटा, कृषि तथा वन पैदावरजन्य एउटा र खनिजजन्य एउटा स्थापना गर्न लागि उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युत् गृह स्थापना गर्न आकर्षित भएको पाइन्छ । नेपालको ऊर्जा क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि आकर्षित भएको पाइन्छ । जसले गर्दा एनआरएनएले विभिन्न विद्युत् गृह निर्माणकार्य अघि बढाएका छन् ।
यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा भने सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जाजन्यमा ६९ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ, उत्पादनजन्यमा ३३ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ, सेवाजन्यमा १७ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ, पर्यटनजन्यमा ११ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा एक अर्ब ८५ करोड ८१ लाख रुपैयाँ र सूचना प्रविधिजन्यमा २० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । उक्त लगानी प्रतिबद्धता ऊर्जाजन्य १४ वटा, उत्पादनजन्य ५० वटा, सेवाजन्य १७ वटा, पर्यटनजन्य २२ वटा, कृषि तथा वन पैदावरजन्य १० वटा र सूचना, सञ्चार तथा प्रसारण प्रविधिजन्य दुईवटा उद्योग स्थापनाका लागि जनाएका थिए ।
यसैबीच समग्र लगानीमा कमी आएको समय वैदेशिक लगानी समेत बढ्न सकेको छैन । विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा वैदेशिक लगानीस्वरुप दुई अर्ब २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जुन गत वर्षभन्दा २८ अर्ब ३१ करोड रुपैयाँले कमी हो । गत वर्ष चार महिनाको अवधिमा ३० अर्ब ३१ करोड २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी प्रतिबद्धता पाँचवटा मुलुक अर्थात् बंगलादेश, चीन, भारत, सिंगापुर र स्पेनका लगानीकर्तामार्फत आएको बताइएको छ । यसमध्ये सबैभन्दा बढी लगानी प्रतिबद्धता सिंगापुरले एक अर्ब २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।
यसैबीच संख्यात्मक रुपमा धेरै लगानीकर्ता तथा लगानी आउन नसके पनि लगानीप्रतिको आकर्षण भने रहिरहेको देख्न सकिने उनीहरुको भनाइ छ । लगानी प्रस्तावका साथै भित्रिने रकम महत्वपूर्ण हुने गरेको पाइन्छ । जसले गर्दा लगानी नआउने, उद्योग स्थापना हुन नसक्ने र रोजगारीको अवसर समेत प्राप्त हुँदैन । यसलाई कार्यान्वयन गर्न गराउन निजी क्षेत्र, सरकारी निकाय र विदेशी लगानीकर्ताहरुबीच समन्वय आवश्यक रहेको छ । सरकारले उद्योग क्षेत्रमा लगानी बढाउन विभिन्न सभा–सम्मलेन गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । विभागका साथै लगानी बोर्डबाट समेत नेपालको उद्योग क्षेत्रमा ठूलो लगानी आउने गरेको पाइन्छ ।
स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यावसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउँछन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्टिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१, औद्योगिक नीति, २०७६, कम्पनी ऐन, २०६३ लगायतले नेपालमा उद्योग स्थापना तथा लगानी ल्याउन सहयोग गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया