Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको निःशुल्क उपचार

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको निःशुल्क उपचार


काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ ।

थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन सोमबार डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा लगिएको थियो ।

अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाण्डौ महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए । झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x