Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ सय ४९ बिन्दुमा खुम्चियो सेयरबजार

१९ सय ४९ बिन्दुमा खुम्चियो सेयरबजार


काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ९९ अंकले बढेर ९५ करोड ७० लाख रुपैंयाँको सेयर किनबेच भएको थियो । साताको चौंथो कारोबार दिन आज बुधबार भने बजार परिसुचक तीन दशमलव ५१ अंकले ओरालो लागेर १९ सय ४९ दशमलव ८५ बिन्दुमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८५ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ८४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३८ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट १५ हजार छ सय ९१ पटकको कारोबारमा २३ लाख ५५ हजार आठ सय ४५ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार तीन सय एक रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x