Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमानुपातिकको एक करोड १ लाख ७१ हजार मतगणना

समानुपातिकको एक करोड १ लाख ७१ हजार मतगणना

एकल बहुमतको सरकार गठनमा ‘ब्रेक’


काठमाडौं । मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले एकल बहुमतको सरकार बन्ने जनआकांक्षामा ‘ब्रेक’ लागेको छ ।

संघमा मात्र होइन सातवटै प्रदेशमा मिलिजुली सरकार बन्ने निश्चित भएको छ । एउटै दलले बहुमत नल्याएपछि मिलिजुली सरकार बनाउनैपर्ने बाध्यता सिर्जना भएको हो ।

बुधबार रातिसम्म एक करोड एक लाख ७१ हजार दुई सय ७३ मतगणना सकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल भएको छ ।

मतगणना जारी रहे पनि समानुपातिकमा एमालेलाई कुनै पनि दलले उछिन्न नसक्ने पक्का भएको छ । अब थोरै मत गणना बाँकी रहेको कारण एमाले पहिलो दल बन्नेछ । यद्यपि प्रत्यक्षतर्फ कांग्रेस पहिलो हुने पक्का भएको छ । गणना हुन बाँकी सबै सिटमा एमालेले जिते पनि कांग्रेसलाई भेट्न सक्नेछैन ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ सिटमा जित हात पारेको छ भने नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादीले सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टीले एक, राष्ट्रिय जनमोर्चाले एक, जनमत पार्टीले एक र स्वतन्त्रले पाँच जितमा जित निकालेका छन् ।

समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार छ सय ३९, नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, माओवादी केन्द्रले ११ लाख ५३ हजार चार सय ४३, ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ८४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९१, नेकपा एकीकृत समाजवादीले दुई लाख ९० हजार एक सय ९६ मत ल्याएको छ ।

सुनसरी–४ र स्याङ्जा–२ मा गणना जारी छ भने दोलखामा आज बिहीबार निर्वाचन हुँदै छ । बाजुरामा पनि मतगणना गर्ने प्रयास भइरहेको छ । ती दुई क्षेत्रमा पुनः मतदानको माग गरे पनि आयोगले बुधबार पुनः मतदान नगर्ने र निर्णय गरी मतगणना अघि बढाउन निर्देशन दिएको थियो ।

बाजुरामा भने मतगणना सुरु हुनसकेको छैन । एमालेले अनेरास्ववियुका केन्द्रीय नेता चेतन अयडीको हत्यामा संलग्नलाई पक्राउ र आन्दोलनमा पक्राउ परेकाहरुको रिहाइ नभएसम्म मतगणनाका लागि हुने सर्वदलीय बैठकमा सहभागी नहुने बताएपछि गणना सुरु भएको छैन ।

एमालेलाई सर्वदलीय बैठकमा ल्याउनका लागि बिहीबार बिहान पनि अर्को सर्वदलीय बैठक बोलाइएको छ । उनको निर्वाचनको दिन कुटपिटबाट हत्या गरिएको थियो । हत्या नेपाली कांग्रेससँग आबद्धहरुले गरेको एमालेको आरोप छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x