काठमाण्डौं,फागुन २६
कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल–चीन उडान प्रभावित बनेको छ । विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसबाट प्रभावित भएसँगै नेपाल–चीन उडान समेत प्रभावित बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्य देशहरुले पनि नेपाल उडान कटौती गर्न थालेका छन् । विमानहरु चलिरहे पनि यात्रुको संख्या ह्वात्तै घटेको कारण अन्य एयरलाइन्सहरुले पनि उडान कटौती गर्न थालेका हुन् । प्राधिकरणका सूचना अधिकारी एवं उपनिर्देशक त्रिलोचन पौड्यालले कोरोना भाइरसको संक्रमणसँगै नेपाल–चीन उडान प्रभावित बनेको आर्थिक दैनिकलाई जानकारी दिए । उनले स्वदेशी र विदेशी गरेर आठवटा एयरलाइन्सले नेपाल–चीन उडान भर्दै आएका थिए । कोरोना संक्रमणसँगै सबैजसो एयरलाइन्सले नेपाल–चीन उडान स्थगित गरेको बताए ।‘स्वदेशी एयरलाइन्समा नेपाल एयरलाइन्स र हिमालयन तथा विदेशीमा एयर चाइना, चाइना साउदर्न, चाइना इष्टर्न, सिचुवान, तिब्बत र क्याथे ड्रागन गरी आठवटा एयरलाइन्सले नेपाल–चीन उडान भर्ने गरेका थिए’, उनले भने, ‘काठमाडौं र चीनका विभिन्न १० वटा सहरमा उडान भर्दै आएका ती एयरलाइन्सले कोरोना भाइरसका कारण आफ्ना उडानहरु स्थगित गरेका हुन् ।’ हिमालयन, एयर चाइना, चाइना साउदर्न, चाइना इष्टर्न, सिचुवान, तिब्बत र क्याथे ड्रागनले काठमाडौं–चीन तथा चीन–काठमाडौंमा नियमिततर्फ गर्ने सबै उडान स्थगित गरेको उनले बताए । नेपाल एयरलाइन्सले भने काठमाडौं–हङकङ तथा हङकङ–काठमाडौं आफ्नो उडान भर्दै आएको छ ।प्राधिकरणका अनुसार कोरोना भाइरसको संक्रमणअघि ती एयरलाइन्सले नेपालको काठमाडौं तथा चीनका हङकङ, बेइजिङ, चोङकिङ, गुइयाङ, चाङसा, चेन्दु, ग्वान्झाओ, कुनमिङ, ल्हासा, र झाङ सहरमा उडान भर्दै आएका थिए भने नियमिततर्फ ७३ तथा अक्तिरिक्ततर्फ १८ उडान भर्दै आएका थिए ।
निर्देशक पौड्यालका अनुसार नेपाल चीनमा सबैभन्दा बढी उडान भर्नेमा एयर चाइना, चाइना साउदर्न छन् । त्यसपछि क्रमशः चाइना इष्टर्न, हिमालय, तिब्बत एयरलाइन्स, क्याथे ड्रागन, सिचुवान रहेका छन् । हिमालयले चीनको काठमाडौं–बेइजिङ, बेइजिङ–काठमाडौं, काठमाडौं– चोङकिङ, चोङकिङ–काठमाडौं, काठमाडौं– गुइयाङ, गुइयाङ–काठमाडौं, काठमाडौं–चाङ्सा चाङ्सा– काठमाडौंमा हप्ताको १५ वटा उडान भर्दै आएको थियो । उसले बेइजिङमा हप्तामा १० वटा, चोङकिङमा तीनवटा, गुइयाङ, चाङ्सामा क्रमशः एक÷एक उडान भर्दै आएकोमा हाल उडान स्थगित गरेको छ । एयर चाइनाले छेन्दु–काठमाडौं–छेन्दु गरी हप्तामा १५ वटा उडान भर्दै आएको थियो । उसले बुधबार तीनवटा र अन्य दिन दुईवटा गरी १५ वटा उडान भर्दै आएको थियो । चाइना साउदर्नले ग्वान्झाओ–काठमाडौं–ग्वान्झाओ गरी हप्तामा १६ वटा उडान भर्दै आएको थियो । उसले मंगलबार र शुक्रबार तीनवटा र अन्य दिन दुईवटा गरी १६ वटा उडान भर्दै आएको थियो । यस्तै चाइना इष्टर्नले कुनमिङ–काठमाडौं–कुनमिङ गरी हप्तामा १८ वटा उडान भर्दै आएको थियो । उसले आइतबार, मंगलबार, बिहीबार, शनिबार तीनवटा बाँकी दिनमा दुईवटा उडान भर्दै आएको थियो ।सिचुवानले ल्हासा–काठमाडौं–ल्हासा गरी हप्तामा ४ वटा उडान भर्दै आएको छ । सिचुवानले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी ४ वटा उडान भर्दै आएको थियो ।
तिब्बत एयरलाइन्सले झान–काठमाडौं–झान गरी हप्तामा सातवटा उडान भर्दै आएको थियो भने उसले प्रत्येक दिन एउटा उडान भर्ने गरेको थियो ।क्याथे ड्रागन विमानले काठमाडौं झिनामा हप्ताको पाँचवटा उडान भर्दै आएको थियो । आइतबार, मंगलबार, बुधबार, शुक्रबार र शनिबार उडान भर्दै आएको ड्रागनले भने हाल उडान भर्न पाएको छैन । नेपाल एयरलाइन्सले भने काठमाडौं–हङकङ–काठमाडौं गरी हप्तामा तीनवटा उडान भर्दै आएको थियो उसको उडान भने प्रभावित नबनेको प्राधिकरणले जनाएको छ । उसले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्दै आएको छ ।कोरोना भाइरसको संक्रमण देखा परेसँगै मानिसहरु चीन जाने यात्रुहरु नभएको प्राधिकरणले जनाएको छ भने एयरलाइन्सले पनि संक्रमणबारे जानकारी गराउँदै चीनमा प्रदान गर्दै आएको हवाइ सेवा स्थगन गरेको जनाएको छ । यसैबीच पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले हवाइ यात्रा नगर्न समेत सजग गराएको छ । हिमालय एयरलाइन्सले भने कोरोना भाइरसको कारण उडान स्थगन गर्ने परेको भन्दै यात्रुहरुलाई आफ्नो उडान स्थगन गर्नसक्ने जनाएको छ भने सोको लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया