औद्योगिक लिमिटेडले नियमविपरीत भाडा वृद्धि गरेको महासंघको आरोप
काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको आरोप लगाएको छ । नियमविपरीत बढाइएको भाडादर तत्काल फिर्ता गर्न पनि महासंघले माग गरेको छ ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गरी विद्यमान ऐन र नियमविपरीत लिमिटेडले भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ताको माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो । निर्यात प्रवद्र्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले उद्योग नै चल्न नसक्ने गरी भाडा वृद्धि गरेको महासंघको आरोप छ । महासंघको सहमतिविपरीत २०७५ सालमै सञ्चालक समितिले सात सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडा वृद्धिको लाखौँको बिल उद्योगमा पठाएको भन्दै महासंघले विरोध जनाएको छ । महासंघका अध्यक्ष रामहिरा पाठकले बैंकलाई ब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्यामा रहेका व्यवसायीलाई भार पर्नेगरी भाडा वृद्धि गरिएको बताए । उनले एकैपटक सात सय प्रतिशतले भाडा वृद्धि गर्ने कार्य नियमसम्मत नभएको जिकिर गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरे ।
अध्यक्ष पाठकका अनुसार २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर पाँच÷पाँच वर्षमा भाडा वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो । विसं २०७२÷२०७४ मा १५÷१५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको र २०७५ सालमा एकैपटक सात सय प्रतिशतले वृद्धि गरिनु नियमसम्मत नभएको व्यवसायीको बुझाइ छ । उद्योगीले उठाएका माग सम्बोधन नगरेका खण्डमा पहिलो चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघका पूर्वध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । नेपालमा हाल १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । ती क्षेत्रमा सञ्चालित करिब सात सय ५० उद्योगबाट विभिन्न शीर्षकमा वार्षिक ५५ अर्ब रूपैयाँ हाराहारी राजस्व बुझाउने गरिएको महासंघको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया