Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक १८ सय ८२ बिन्दुमा

बजार परिसुचक १८ सय ८२ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै तीन अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १४ दशमलव ४८ अंकले ओरालो लागेर १८ सय ८२ दशमलव ६० बिन्दुमा झरेको छ ।

क बर्र्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव चार बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५४ वटा कम्पनीहरुको २२ हजार तीन सय ७४ पटक सेयर किनबेच भएको छ । जसबाट ४८ लाख चार हजार दुई सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x