काठमाडौं । आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने उद्देश्यका साथ ‘विराट एक्स्पो’ सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको परिषर एवं पुरानो हवाइ फिल्डमा बिहीबारदेखि एक्स्पो सुरु भएको हो ।
‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । कार्यक्रममा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउन यस्ता एक्स्पोले सहयोग पु¥याउने बताइन् । यस मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो । एक्स्पोबाट उत्पादनको खरिद बिक्रीमात्र नभई उद्यमी व्यवसायीबीच अनुभव र सिकाइको आदान–प्रदान हुने भन्दै उनले छिमेकी मित्र राष्ट्रका उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका सम्भावना खोजी गर्न मदत पुग्ने बताइन् ।
राष्ट्रपति भण्डारीले विगत तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुनपुगेको मुलुकको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पु¥याउने बताइन् । कार्यक्रममा प्रदेश नं १ प्रदेश प्रमुख पर्शुराम खापुङले देशको अर्थतन्त्र र औद्योगिक क्षेत्रमा प्रवर्द्धन गर्न एक्स्पोले मदत गर्ने बताए । यस्तै प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्रलाई बलियो बनाउन नसकिने बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उत्पादक र उपभोक्तालाई जोड्ने यस एक्स्पोबाट सबैले लाभ लिने विश्वास व्यक्त गरे । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराट एक्स्पोको विविध पक्षमा जानकारी गर्दै ‘मेरो देश मेरै उत्पादन’लाई संगठनले बढावा दिएको बताए । विराटनगरलाई आर्थिकरूपमा चलायमान गराउन उद्योग संगठन मोरङद्वारा सञ्चालित एक्स्पो बिहीबारदेखि पुस ६ गतेसम्म सञ्चालन हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया