कोशी अस्पताल परिसरमा पाँच सय शय्याको अत्याधुनिक भवन शिलान्यास
विराटनगर । विराटनगरको कोशी अस्पतालमा पाँच सय शय्याको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पतालपरिसरमा बिहीबार आयोजित एक कार्यक्रमबीच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
कार्यक्रममा मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माणकार्य सक्न निर्देशन दिए । कोशी अस्पतालको उन्नतिले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भने, ‘स्वास्थ्य क्षेत्र भन्न बित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई बिरामीले भगवान् ठान्ने गर्छन् । तसर्थ उहाँहरूले बिरामीसँग राम्रो व्यवहार, मीठो बोली बचन गर्नु जरुरी छ ।’ संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेश बहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताए । ‘दुईतले बेसमेन्टसहित भवन आठतले हुनेछ । तीनवटा इमर्जेन्सी भ-याङ, बेड लिफ्ट, डक्टर तथा सेवाग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठाहरू, कुरुवा कक्ष, भूकम्पप्रतिरोधी भवन बन्नेछ’, आयोजना प्रमुख महर्जनको भनाइ थियो । तीन वर्षभित्र निर्माणसम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत दुई अर्ब १७ करोड ६९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया