Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजार परिसुचक १८ सय ५५ बिन्दुमा

सेयरबजार परिसुचक १८ सय ५५ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक २७ दशमलव ५४ अंकले ओरालो लागेर १८ सय ५५ दशमलव शुन्य छ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव ८२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५० वटा कम्पनीहरुको २६ हजार छ सय ६१ पटक सेयर किनबेच भएको छ । जसबाट ३७ लाख ७८ हजार नौं सय ५१ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम एक अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैंयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x