Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक अर्ब १५ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री

एक अर्ब १५ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री


काठमाडौं । सेयरबजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक २७ दशमलव ५४ अंकले ओरालो लागेर १८ सय ५५ दशमलव शून्य छ विन्दुमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव ८२ विन्दुमा झरेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ५० वटा कम्पनीहरुको २६ हजार छ सय ६१ पटक सेयर किनबेच भएको छ । जसबाट ३७ लाख ७८ हजार नौ सय ५१ कित्ता सेयर खरिदबिक्री भएकोमा कारोबार रकम एक अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक ओरालो लागेर सेयर बजार परिसूचक पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १९ दशमलव ५८ अंकले ओरालो लागेर १२ सय ६५ दशमलव ८० विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक ६८ दशमलव ८७ अंकले ओरालो लागेर तीन हजार दुई सय ७४ दशमलव ७१ विन्दुमा झरेको छ । फाइनान्स उपसमूहको सूचक पनि ४३ दशमलव ९३ अंकले ओरालो लागेर १४ सय ८२ दशमलव ७२ विन्दुमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि ४० दशमलव ५३ अंकले ओरालो लागेर १९ सय ५० विन्दुमा झरेको छ । जीवन बीमा उपसमूहको सूचक पनि ४० दशमलव ३६ अंकले ओरालो लागेर नौ हजार २४ दशमलव ३९ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ६७ दशमलव आठ अंकले ओरालो लागेर सात हजार तीन सय ९६ दशमलव चार विन्दुमा झरेको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमूहहरुको सूचक पनि क्रमशः २३ दशमलव ३५, शून्य दशमलव ४९, ३८ दशमलव ४५, ५६ दशमलव २६, शून्य दशमलव ११, ३२ दशमलव ३० र चार दशमलव ७१ विन्दुले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर दुई सय ८७ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को प्रतियुनिट सेयर मूल्य पनि नौ दशमलव ३५ प्रतिशतले बढेर आठ रुपैयाँ ४२ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक धौलागिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संंस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य १० प्रतिशतले घटेर सात सय ३५ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले घटेर दुई सय १८ रुपैयाँ ७० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन कृषि विकास बैंककोे सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय छ रुपैयाँ अन्तिम मूल्यमा छ करोड २५ लाख ११ हजार चार सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता चार सय ५० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४३ लाख १३ हजार ९५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, नेपाल टेलिकम आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x