Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश निर्यात हुने ३६ प्रकारका वस्तुमा नगद अनुदान

विदेश निर्यात हुने ३६ प्रकारका वस्तुमा नगद अनुदान


काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यात अनुदानसम्बन्धी संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । आइतबार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

संशोधित व्यवस्थामार्फत राष्ट्र बैंकले भनेको छ, ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ को केही बुँदाहरुमा संशोधन गराएकोले सोहीबमोजिम गर्न गराउन यो निर्देशिका जारी गरिएको हो, निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५, लाई संशोधन गरी निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ लागू गरेको हुँदा सोहीबमोजिम संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेछ ।

‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संंशोधन) कार्यविधि २०७९ तथा परिपत्रमा उल्लेख भएको प्रावधान तथा प्रक्रियाहरु पूरा नभई प्राप्त भएका निवेदनहरुको शोधभर्ना गरिनेछैन’, परिपत्रमा भनिएको छ । परिपत्रअनुसार रीतपूर्वक निवेदनहरुको शोधभर्ना गर्दा सरकार, अर्थ मन्त्रालयले यसै प्रयोजनको लागि राष्ट्र बैंकलाई उपलब्ध गराएको रकमले खामेसम्म १५ दिनभित्रै रकम भुक्तानी हुनेछ ।

सरकारले निर्यात अनुदानको लागि तोकेका वस्तुहरुको उत्पादनमा कम्तीमा ५० प्रतिशत र ती वस्तुहरुको उत्पादनमा मूल्यअभिवृद्धिमा कम्तीमा ३० प्रतिशत नगद अनुदान उपलब्ध हुने परिपत्रमा उल्लेख छ । ती वस्तुहरुको निर्यात गरेमा भने कुल निर्यात मूल्यको पाँच प्रतिशतले हुन आउने रकम नगद अनुदान दिइनेछ । अनुदान प्रदान गर्नेसम्बन्धी कार्यको अनुगमन, मूल्यांकन तथा समन्वय गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरुका प्रतिनिधि सहभागी हुने गरी समिति गठन हुने परिपत्रमा उल्लेख छ ।

निर्यातमा अनुदान प्रदान गरिने वस्तुहरुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला, प्रशोधित पत्थर तथा सारयुक्त तेल, अल्लोबाट उत्पादित सामानहरु, प्रशोधित पिउने पानी मिनरल वाटरलगायतका वस्तुहरुको अनुदान पाउने वस्तुहरुको सूचीमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x