Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभंगहामा थारु सङ्ग्रहालय बन्ने

भंगहामा थारु सङ्ग्रहालय बन्ने


महोत्तरी । भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले त्यहाँ थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गरेका हुन् ।

थारु जाति इमानदार र मिहिनेती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरक्षा गरेका छन् । तपाईँहरू सङ्ग्रहालयको गुरुयोजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’ थारु समुदाय राजनीतिमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गरेका थिए ।

मदन पट्टी बेलफेर सोसाइटीका अध्यक्ष सुदिप कुमार चौधरीले सङ्ग्रहालय बनाउन मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताए । ‘सङ्ग्रहालय करिब ८ बिघामा बन्नेछ । थारु भेषभूषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरू उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ । विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुनेछ । यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्ने छ’, उत्साहित हुँदै उनले सुनाए । थारु सङ्ग्रहालयको अनुमानित खर्च छ करोड हुने बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x