डा. ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधि
काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८०औँ जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । आइतबार काठमाडौंकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘वसन्त चौधरी फाउन्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो ।
समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले उपहार अर्पण गरेका थिए । यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन् । सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरू’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् । सो अवसरमा डा. गौतमको ८०औँ जन्मोत्सव पनि मनाइएको थियो ।
हालसम्म ३२ वटा त उपन्यास मात्र लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जक समेत रहेका छन् । डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन् । डा. गौतमले आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित हुन पाएकोमा आफूलाई खुशी लागेको बताए । उनले श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य र कला क्षेत्रको उत्थान तथा प्रवद्र्धनमा खेलिरहेको भूमिकाको प्रशंसा समेत गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया