Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजारमा अझै देखिएन आशाको किरण

सेयरबजारमा अझै देखिएन आशाको किरण


काठमाडौं । सेयरबजार परिसूचक झिनो अंकले उकालो लागेको छ । यद्यपि कारोबार रकम भने एक अर्ब पनि पुग्न सकेन । यसले सेयरबजारको अवस्था अझै नाजुक छ भन्ने देखाएको छ । आइतबार २७ दशमलव ५४ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार भने झिनो अंक अर्थात् तीन दशमलव ८३ अंकले उकालो लागेर १८ सय ५८ दशमलव ८९ विन्दुमा चढेको हो ।

सोमबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले उकालो लागेर तीन सय ६३ दशमलव ९७ विन्दुमा पुगेको । तर, पनि बजारमा आशा गर्न सकिने अवस्था छैन । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि स्थायी सरकार गठन हुने आशमा सेयरबजार बढ्ने अनुमान गरिए पनि बजारले आशाको किरण देखाउन नसकेपछि लगानीकर्ताहरु थप निराश भएका छन् ।

बजार परिसूचक झिनो अंकले उकालो लागे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको हो । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ५१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३० हजार पाँच सय ४५ पटकको कारोबारमा २६ लाख ९९ हजार तीन सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने एक अर्ब १५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये चार वटा उपसमूहहरुको सूचक ओरालो लागेर बाँकी रहेका नौवटा उपसमूहहरुको सूचक भने उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक शून्य दशमलव ३५ अंकले ओरालो लागेर १२ सय ६५ दशमलव ४५ विन्दुमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि एक अंकले ओरालो लागेर १९ सय ४८ दशमलव ९९ विन्दुमा झरेको छ । यसैगरी लघुवित्त उपसमूहको सूचक पनि १३ दशमलव ७३ अंकले ओरालो लागेर चार हजार दुई सय ३५ दशमलव ४५ विन्दुमा झरेकोमा ट्रेडिङ उपसमूहको सूचक पनि शून्य दशमलव ८४ अंकले ओरालो लागेको छ ।

विकास बैंक उपसमूहको सूचक भने १५ दशमलव २९ अंकले उकालो लागेर तीन हजार दुई सय ८९ दशमलव ९९ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि छ अंकले उकालो लागेर १४ सय ८८ दशमलव ७२ विन्दुमा झरेको छ । जीवन बीमा उपसमूहको सूचक पनि २८ दशमलव ५९ अंकले उकालो लागेर नौ हजार ५२ दशमलव ९८ विन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि १३ दशमलव २८ अंकले उकालो लागेर सात हजार चार सय नौ दशमलव ३१ विन्दुमा चढेको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य उपसमूहहरुको सूचक पनि क्रमशः चार दशमलव १९, शून्य दशमलव १५, १० दशमलव ३८, शून्य दशमलव शून्य एक र २८ दशमलव १३ विन्दुले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ४५ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि छ दशमलव आठ प्रतिशतले बढेर पाँच सय ८० रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।यीबाहेक सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड २ आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको इष्टर्न हाइड्रोपावर कम्पनीको सेयर मूल्य सात दशमलव ९७ प्रतिशतले घटेर दुई सय ६४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को सेयर मूल्य पनि सात दशमलव ७२ प्रतिशतले घटेर सात रुपैयाँ ७७ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ । यीबाहेक फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर लिमिटेड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन प्राइम कमर्सियल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता दुई सय १३ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा छ करोड ९३ लाख ४३ हजार एक सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता २३ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४९ लाख ४२ हजार नौ सय ८१ रुपैयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्टिलरी प्रालि, नेपाल टेलिकम आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x