ठगी गरेको आरोपमा मनि एक्सपेलका अध्यक्ष सुनिल श्रेष्ठ पक्राउ
काठमाडौं । मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कमोडिटी बजारको नाममा सर्वसाधरणलाई ठगी गरेको आरोप प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धितोपत्र ऐनविपरीत कारोबार गरी सर्वसाधरणलाई ठगी गरेको भन्दै उनीविरुद्ध काठमाडौं प्रहरीमा उजुरी परेको थियो । प्रहरीमा उजुरी परेपछि श्रेष्ठलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो । श्रेष्ठबाट पीडित भएका एक व्यक्तिका अनुसार उनलाई आइतबार जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । धितोपत्र बोर्डले २०७४ मा ऐन जारी गर्नुअघि निर्बाध सञ्चालनमा आएको यो कारोबारमा १३ सय जनाभन्दा बढी जोडिएको ती पीडितको भनाइ छ । वस्तु विनिमय बजार भनिने कमोडिटी बजार यसअघि नै विवादित बनेको थियो । व्यवस्थापिका संसद्मा समेत यस विषयमा चर्चा भएको थियो । तत्कालीन व्यवस्थापिका संसद्ले विधायक नै पारित गरेपछि वस्तु विनिमय बजारसम्बन्धी नियमावली २०७४ जारी गरेको थियो । सोही नियमावलीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार श्रेष्ठ मातहतमा २० वटाभन्दा बढी कम्पनीले विनिमय बजारको स्पट र फिचर्स कारोबार गरिरहेका थिए । नियमावली लागू भएपछि एक्सचेन्ज कम्पनीहरू धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने भए पनि उनीहरू दर्ताविना नै सञ्चालनमा रहेका थिए । यस्तै उनीहरूले गैरकानुनी रूपमा आईपीओ निष्काशन समेत गरेको भेटिएको थियो । श्रेष्ठबाट अन्य व्यक्ति समेत ठगिएको भन्दै प्रहरी कार्यालय धाउने क्रम बढेको स्रोतको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया