Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतरलता अभावसँगै बैंकिङ क्षेत्रमा परनिर्भरता बढ्यो

तरलता अभावसँगै बैंकिङ क्षेत्रमा परनिर्भरता बढ्यो

६० संस्थाद्वारा १२ खर्ब ६७ अर्ब २२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार


काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरुमा परनिर्भरता बढेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले गर्दा पनि बैंकिङ क्षेत्रमा परनिर्भरता बढेको हो । जसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा अल्पकालीन अवधिको लागि एक आपसमा हुने अन्तर बैंक कारोबार रकम बढेर गएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा १२ खर्ब ६७ अर्ब २२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन । सो अनुसार वाणिज्य बैंकहरुले मात्र ११ खर्ब ४८ अर्ब २७ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ समेत गरी कुल १२ खर्ब ६७ अर्ब २२ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका हुन् ।

राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १० खर्ब ४३ अर्ब २२ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब ५८ अर्ब ४० करोड गरी कुल १२ खर्ब एक अर्ब ६२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार भएको थियो । सोहीअनुसार २०७८ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव .८१ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १० दशमलव ८८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ कात्तिकमा चार दशमलव ९६ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा आठ दशमलव ५० प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर– बैंक ब्याजदर २०७९ कात्तिकमा आठ दशमलव ५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ९६ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा सात दशमलव ८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १० दशमलव ६० प्रतिशत कायम भएको छ ।

No description available.

राष्ट्र बैंकका अनुसार २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ३२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ६५ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः पाँच दशमलव ८० प्रतिशत र नौ दशमलव एक प्रतिशत रहेका थिए ।

तरलता अभाव कम गर्न वित्तीय प्रणालीमा पठाइयो २० अर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या न्यूनीकरण गर्न २० अर्ब रुपैयाँ बजारमा पठाएको छ । राष्ट्र बैंकले बिहीबार अल्पकालीन अवधिको रिपो जारी गरेर बैंकिङ प्रणालीमा उक्त परिमाणमा रकम पठाएको हो ।

राष्ट्र बैंकका अनुसार रिपोको परिरपक्व हुने अवधि १४ दिन अर्थात् यही पुस २१ गते तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आवेदन दिएका थिए । रिपो वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव भएको अवस्थामा वित्तीय प्र्रणालीमा लगानीयोग्य रकम पठाउने मौद्रिक उपकरण हो । राष्ट्र बैंकले जारी गर्ने यस्तो उपकरण खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिनसक्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x