पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार
पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गरिने
काठमाडौं । नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार भएको छ । रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ ।
कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक बर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको छ । नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०३२ सम्ममा ३५ लाख पु-याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना संक्रमणकाल भन्दा पूर्ववत अवस्थामा पु¥याउने कार्ययोजनामा उल्लेख छ । यस्तै आगामी १० वर्ष भित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने कार्ययोजनामा उल्लेख छ ।
विश्वव्यापी कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकोले दीर्घकालीन सोंच सहितको पुनरुत्थान आवश्यक भएकोले पर्यटन दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठले बताए । नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आवद्ध गर्ने साथै पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ । पर्यटकहरुको आगमनलाई अभिबृद्धि गर्न हवाई सेवालाई थप ब्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानहरुसँगको अन्तर सञ्जालमा आवद्ध गर्ने कार्ययोजनामा उल्लेख छ ।
पर्यटन प्रवर्द्धन र क्षेत्रको विकास गर्न सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवम् साझेदारीमा बृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवम् विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रभावकारी बजारीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार–प्रसार गरी प्रदेश सरकार र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्ने कार्यक्रमहरु सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ । नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार गर्न पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । नेपाल पर्यटन दशकले विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित ग र्न सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया