Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरिवारको दबाबमा प्रधानमन्त्री अस्पतालमै

परिवारको दबाबमा प्रधानमन्त्री अस्पतालमै


काठमाडौँ, फागुन २८
परिवारको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै केही दिन रहने भएका छन् । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य सुधारोन्मुख देखिएपछि प्रधानमन्त्री ओली आफैं घर जान तयार भएका थिए । मिर्गाैलाको प्रत्यारोपण गरिएको सातौँ दिन मंगलबार त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै केही दिनपछि मात्र निवास फर्काइने जानकारी दिए ।

अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्राडा खड्गाले चिकित्सकीय हिसाबले उनी मंगलबार नै घर फर्किन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने अस्पतालले जनाएको छ । तर, प्रधानमन्त्रीलाई छ महिनासम्म भीडभाडमा नजान अस्पतालले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x