काठमाडौँ, फागुन २८
अर्थ मन्त्रालयले केही सहसचिवको जिम्मेवारी परिवर्तन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव रामशरण पुडासैनी राजस्व सचिव भएपछि उक्त महाशाखामा धनीराम शर्मालाई ल्याएको छ । पुडासैनी बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भएको बेला शर्मा राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए । अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखालाई शक्तिशाली महाशाखाको रुपमा लिइन्छ । त्यही भएर बजेटमा जानका लागि सहसचिवबीच तीव्र प्रतिस्पर्धा हुन्छ ।
केदार प्रसाद पनेरु अर्थ मन्त्रालयमा सहसचिवका रुपमा प्रवेश गरेपछि धेरैले उनी नै पुडासैनीपछि बजेट प्रमुख हुने अनुमान लगाएका थिए । तर, बजेटमा आउन शर्मा सफल भएका छन् । बजेटको प्रमुख भएर बस्दा देशकै बारेमा धेरै जानकारी हुन्छ । सबै मन्त्रालयको बजेटसम्बन्धी फाइल बजेट महाशाखा हुँदै अगाडि बढ्नुपर्ने अवस्था छ । त्यही भएर सबैले बजेटको प्रमुख बन्न शक्ति लगाउने गरेका छन् ।
यस्तै, शर्मा रहेको राजस्व व्यवस्थापन महाशाखाको प्रमुखमा यज्ञप्रसाद ढुंगेललाई लगिएको छ । बजेट निर्माण गर्ने बेलामा राजस्व व्यवस्थापन महाशाखाको भूमिका पनि महत्वपूर्ण हुन्छ । देशको राजस्व नीतिको तर्जुमा, राजस्व सम्बद्ध कानुनहरुको निर्माण र परिमार्जन, राजस्व संकलनको वार्षिक लक्ष्य निर्धारण र असुली, अनुगमनलगायत समग्र राजस्व प्रशासनको बीचमा समन्वयको जिम्मेवारी राजस्व व्यवस्थापन महाशाखालाई हुन्छ ।
विकास निर्माणका आवश्यकतालाई परिपूर्ति गर्ने, थप स्रोतको परिचालन र राजस्व प्रशासनको भूमिकालाई प्रभावकारी बनाउनुको साथै राजस्व नीतिलाई समयसापेक्ष रुपमा परिमार्जन र परिष्कृत गर्ने दायित्व राजस्व महाशाखाको रहेको हुन्छ । अर्थले आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुखमा रामप्रसाद घिमिरेलाई लगेको छ । यसअघि घिमिरे वित्तीय, संघीयता समन्वय महाशाखा प्रमुख थिए । घिमिरेको ठाउँमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।
अर्थमा अरु सहसचिवहरुको साबिक जिम्मेवारीमा कुनै परिवर्तन गरिएको छैन । केही सहसचिवले जिम्मेवारी परिवर्तनका लागि चासो दिए पनि अहिले कुनै परिवर्तन नगरिएको अर्थका एक अधिकारीले जानकारी दिए । अर्थमा बाबुराम भण्डारीलाई प्रशासन महाशाखा, उदयराज सापकोटालाई कानुन तथा फैसला कार्यान्वयन महाशाखा, उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा, श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र झम्क प्रसाद आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यरत छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया