बैंकिङ क्षेत्रको निक्षेपमा सामान्य वृद्धि
काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप सामान्यरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप शून्य दशमलव नौ प्रतिशत अर्थात् ४६ अर्ब ७४ करोड रुपैयाँले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक दशमलव तीन प्रतिशत अर्थात् ६२ अर्ब ४२ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप आठ दशमलव छ प्रतिशतले बढेको छ । २०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव चार प्रतिशत, २६ प्रतिशत र ५८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव एक प्रतिशत, ३३ दशमलव एक प्रतिशत र ५२ दशमलव तीन प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ दशमलव एक प्रतिशत रहेको छ । २०७८ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३९ दशमलव आठ प्रतिशत रहेको थियो । चालू आवको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने एक दशमलव पाँच प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन खर्ब ६४ अर्ब ६२ करोड अर्थात् आठ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पाँच दशमलव चार प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ कात्तिक मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव एक प्रतिशत र ३५ दशमलव नौ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक दशमलव तीन प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव चानर प्रतिशतले र फाइनान्स कम्पनीहरुको शून्य दशमलव एक प्रतिशतले बढेको छ ।
चालू आवको कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव छ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव पाँच प्रतिशत र १२ दशमलव तीन प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९/०८० को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा छ दशमलव आठ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव नौ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह दुई दशमलव पाँच प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा दुई दशमलव चार प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई दशमलव एक प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा चार दशमलव नौ प्रतिशतले, ओभरड्राफ्ट कर्जा नौ दशमलव सात प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा चार दशमलव छ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा तीन दशमलव छ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) दुई दशमलव आठ प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज कर्जा तीन दशमलव तीन र मार्जिन प्रकृति कर्जा पाँच दशमलव छ प्रतिशतले घटेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया