‘भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्यो’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढेको बताएका छन् । भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको र सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजस्व समेत गुमाइरहेको उनले बताए । कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको छ । यसले सरकारी राजस्वमा समेत गम्भीर असर गरिरहेको छ । मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ ।’ यस्तै उनले आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत बताए । सरकारले करको दायारा फराकिलो पारेर राजस्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले विशेष जोड दिए । अध्यक्ष मल्लले भने, ‘सीमाबाट हुने राजस्व चुहावट नियन्त्रण हुनसकेको छैन । कसैले राजस्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजस्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ ।’
कर राजस्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिबद्ध रहेको अध्यक्ष मल्लको भनाइ छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरू तयार रहेको अध्यक्ष मल्लले बताए । खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्यरूपमा कार्यान्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । अर्थतन्त्रका अधिकांश सूचकहरू अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालू खर्च धान्न समेत मुस्किल राजस्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया