लुम्बिनीमा गुरुयोजनाविपरीत संरचना बन्न नदिने कोषको निर्णय
काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसारबाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो ।
बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्वपूर्ण जग्गा व्यक्तिगत तथा व्यावसायिक स्वार्थ पूर्तिका लागि प्रयोग नहोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । विहार, मन्दिर, गुम्बा र चैत्य निर्माण हुने जग्गामा निर्धारित समयमा सम्पन्न नहुनुका कारण खोजी छिटो सम्पन्न गर्ने वा जग्गा फिर्ता गर्नेगरी नियमित गरिनेछ । सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अन्तिम चरणमा छ । गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । लुम्बिनी गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । जसमा पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । मुलुककै पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाविपरीत काम गर्न नहुने मन्त्री श्रेष्ठले बताए । कोषले यसअघि लुम्बिनी गुरुयोजनाभित्रको जग्गालाई कानुनविपरीत भाडामा दिन भएका निर्णय खारेज गरिदिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया