सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चार जनालाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्यविनायक नगरपालिका–१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका छन् । उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता थापाले जानकारी दिए ।
पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकासलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई चार दिन कैद र १५ लाख ९२ हजार आठ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया