सेयरबजारमा नयाँ सरकार गठनको प्रभाव सकारात्मक
काठमाडौं । सेयर बजारमा नयाँ सरकार गठनको प्रभाव सकारात्मक देखिएको छ । नयाँ सरकार गठन भएको पहिलो दिन झण्डै ५७ अंकले बढेर दुई अर्ब रुपैंयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
नयाँ सरकार गठन भएको दोस्रो दिन आज मंंगलबार पनि सेयर बजार परिसुचक एवं कारोबार रकम दुबै उच्च अंकले बढ्न सफल हुनुले पनि सेयर बजारमा नयाँ सरकार गठनको प्रभाव सकारात्मक देखिएको हो । सो अनुसार बजार परिसुचक ५९ दशमलव ८७ अंकले उकालो लागेर १९ सय ८३ दशमलव ९५ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले उकालो लागेर तीन सय ८६ दशमलव पाँच बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको ६३ हजार ६७ पटक सेयर किनबेच भएको छ । जसअनुसार एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार नौं सय ९७ रुपैैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया