Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न अर्थमन्त्रीलाई आग्रह

उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न अर्थमन्त्रीलाई आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार अर्थमन्त्री पौडेललाई भेटी विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न उनले आग्रह गरे । भेटमा उनले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रतिमहिना ब्याजदर घटाउने र चालु पुँजी कर्जा निर्देशिका पुराना ग्राहकहरूका लागि दुई वर्षसम्म स्थगित गर्नसके तत्काल सकारात्मक सन्देश सञ्चार गराउने र उद्योगी व्यवसायीलाई उत्साहित बनाउने बताए । यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका छवटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।

साथै परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा समेत अर्थमन्त्री समक्ष पेस गरेको छ  ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x