Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन’

‘अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन’


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा समस्या देखिए पनि काबुभन्दा बाहिर गई नसकेको बताएका छन् । खस्किँदो अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउन आफूले प्रयत्न गर्ने उनको भनाइ छ ।

‘अर्थतन्त्रको स्थिति काबुबाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । यद्यपि सावधानी रुपमा ठीक ढंगले अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ’, उनले भने । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा उनले अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउने भएकोले अर्थतन्त्रमा रहेका समस्यालाई ठीक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्ने बताए । सबल अर्थतन्त्र निर्माणका लागि एक एक इँटा थप्दै जाने काम गर्नुपर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सरकारसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x