महंगो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
काठमाडौं । आइतबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्ब रुपैयाँको लगानीबाट उक्त विमानस्थल निर्माण गरिएको हो ।
विमानस्थल निर्माणका लागि कुल लगानी करिब २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । यसको ब्याज दुई प्रतिशत तोकिएको छ । २५ प्रतिशत रकमको ब्याज तिर्न नपरे पनि सावाँ भने तिर्नुपर्छ । साथै ७५ प्रतिशतको पनि सावाँ र ब्याज तालिकाअनुसार क्रमशः तिर्दै जानुपर्छ ।
विमानस्थल सञ्चालनमा आएपछि यसै वर्षदेखि यसको सावाँ र ब्याज क्रमशः चीनलाई दिँदै जानुपर्छ । यो विमानस्थलले सोचेजस्तो आम्दानी गर्न नसक्ने भएको कारण ऋण तिर्न समस्या हुने बताइएको छ । चर्को ब्याज र आम्दानी कम हुने भएको कारण यसलाई महंगो विमानस्थलको रुपमा हेरिएको छ । विमानस्थल उद्घाटनकै दिन नेताहरुले चीनलाई २५ प्रतिशतको सट्टा ७५ प्रतिशतलाई अनुदानमा बदलिदिन आग्रह गरे । यसै भनाइले यो विमानस्थल धेरै महंगो छ भन्ने पुष्टि गर्छ ।
विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने अपेक्षा गरिएको छ । उक्त विमानस्थल निर्माण गर्न राजनीतिक दलहरुबीच एकमत थियो भने स्थानीय बासिन्दा पनि सो विमानस्थल निर्माणमा सुरुदेखि नै एकजुट थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । पोखरामा भएको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया