काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । लामो समयदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो ।
अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सेवा सुचारु गरेको जानकारी गराएको थियो । नर्भिकले हालसम्म दुई व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण समेत गरिसकेको जनाएको छ । अस्पतालका अनुसार मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने अस्पतालले जानकारी दिएको छ ।
नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ । अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएका दुईवटा केसमध्ये पहिलो केही जटिल रहेको थियो ।
पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्यालगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको अस्पतालको दाबी छ ।
मल्टिस्पेसालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया