Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्ततः २२ सय ११ बिन्दुमा उक्लियो सेयरबजार

अन्ततः २२ सय ११ बिन्दुमा उक्लियो सेयरबजार


काठमाडौं । अन्ततः सेयरबजार परिसुचक २२ सय बिन्दुमा चढेको छ । अघिल्लो दिन २० दशमलव ६८ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ४७ दशमलव १५ अंकले उकालो लागेर २२ सय ११ दशमलव ७६ बिन्दुमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६८ अंकले उकालो लागेर चार सय १९ दशमलव ९१ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैंयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक घटेर बाँकी उपसमुहहरुको सुचक बढेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x