छ महिनामा १४ प्रतिशत मात्र पुँजीगत खर्च
वैदेशिक मुद्राको सञ्चिति कमजोर
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को छ महिनामा पुँजीगत खर्चको अवस्था दयनीय देखिएको छ भने राजस्व संकलन पनि कमजोर देखिएको छ । साउनदेखि पुस मसान्तसम्म अर्थात् छ महिनाको अवधिमा सरकारको कुल बजेट खर्च पनि ३२ दशमलव १३ प्रतिशत मात्र भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबर विनियोजन गरेको थियो ।
छ महिनाको अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालू आवका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च ५३ अर्ब ४५ करोड ५२ लाख बराबर खर्च भएको हो ।
महालेखाका अनुसार चालू शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ बराबर विनियोजन भएकामा ३८ दशमलव ४६ प्रतिशत अर्थात् चार खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकामा २९ दशमलव ४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ ।
यस्तै, यो छ महिनाको अवधिमा राजस्व सङ्कलन वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत मात्र भएको भएको छ । यो अत्यन्तै निराशाजनक अवस्था हो । चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाखबराबर राजस्व उठाउने लक्ष्य राखेको छ । तर छ महिना अवधिमा वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत अर्थात् चार खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख बराबर खर्च भएको छ ।
जसमध्ये कर राजस्वतर्फ चार खर्ब पाँच अर्ब २६ करोड ९३ लाख र गैरकर राजस्वतर्फ ५३ अर्ब ७१ करोड ७५ लाख बराबर सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा छ महिनाको अवधिमा आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान सरकारले लिएको छ । यो तथ्यांकले सरकार आन्तरिक रुपमा कर उठाउन मात्र होइन वैदेशिक अनुदान दिन पनि अति कमजोर देखिएको छ । सरकारले वैदेशिक अनुमान लक्ष्यको अति न्यून अंक मात्र लिन सकेको कारण देशमा वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि कमजोर देखिएको छ ।
कोभिडको कारण नेपालको पर्यटन उद्योग धराशायी छ । त्यही भएर अहिले नेपालमा वैदेशिक मुद्राको सञ्चिति वैदेशिक रोजगारीले मात्र धानेको छ । नेपालमा उत्पादित वस्तु निर्यातको अवस्था अति कमजोर छ । नेपालको वैदेशिक मुद्राको आम्दानीको स्रोत पर्यटन र वैदेशिक रोजगारी मात्र हो । वैदेशिक रोजगारीको पैसा पनि हुण्डीलगायत अवैध मार्गबाट आउने गरेको कारण वैदेशिक मुद्राको आम्दानी कमजोर छ । यही बेला वैदेशिक अनुदान लिन सकेको भए त्यसले केही सुधार गर्न सक्ने थियो । तर, अनुदान लिन पनि नसकेको कारण सरकार वैदेशिक म्द्रा सञ्चिति गर्न असफल बन्दै गएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया