Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरूले सात दिनभित्र संशोधित ब्याजदरसम्बन्धी रिपोर्टिङ गर्नुपर्ने

बैंकहरूले सात दिनभित्र संशोधित ब्याजदरसम्बन्धी रिपोर्टिङ गर्नुपर्ने


काठमाडौं । बैंकहरुले सात दिनभित्र संशोधित ब्याजदरसम्बन्धी रिपोर्टिङ गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी एवं पूर्वाधार विकास बैंक समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको नाउँमा जारी गरिएको परिपत्रमा भनिएको छ, ब्याजदर संशोधन गरेको सात दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी विवरण राष्ट्र बैंकको सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ । सो अनुसार इजाजतपत्रप्राप्त संस्थाले महानगरपालिका र उपमहानगरपालिकामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार सुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टरसम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार दैनिक तरलता विवरणसम्बन्धी रिपोर्टिङ भने अर्को कार्यदिनको मध्याह्न १२ः०० बजेसम्म र अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल)मार्फत राष्ट्र बैंकमा पठाउनुपर्नेछ । बैंक तथा फाइनान्स कम्पनीहरुले भने राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथ्यांक तथा जानकारीहरु सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मा तोकिएबमोजिमका रिटर्नहरु तथा तथ्यांक र विवरणहरु निर्धारित समयावधिभित्र राष्ट्र बैंकसमक्ष पठाउनुपर्नेछ । यो व्यवस्थाबमोजिम मिति २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिटर्नहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्र बैंकद्वारा पुनः पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ३ गते मंगलबार पुनः पाँच अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही पुस २५ गते पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँबराबरको ट्रेजरीी बिल बिक्री गरेको थियो । यसरी बिक्री गरिएको ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति पनि माघ ३ गते मंगलबार नैं तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरी ९१ दिने अवधिको रहेको छ । सो अनुसार उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०८० वैशाख ५ गते तोकिएको छ ।

यसअघि गत साता अर्थात् यही पुस २५ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियोे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x