Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या छिट्टै समाधान हुन्छ’

‘क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या छिट्टै समाधान हुन्छ’


काठमाडौं । सहरी विकासमन्त्री विक्रम पाण्डेले क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या चाँडै समाधान हुने बताएका छन् । निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै उनले यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिए ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबार भएको भेटमा मन्त्री पाण्डेले गैरकानुनी तरिकाले क्रसर सञ्चालन गर्ने केही व्यक्तिका कारण नियमसंगत तरिकाले उद्योग सञ्चालन गर्ने समेत मारमा परेको बताए । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भीक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि उनले जनाएका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्रायः ठप्प भएको जानकारी दिए । निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुसी लागेको अध्यक्ष सिंहले बताए । पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्याएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए । महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी सहभागी थिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x