Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझगडियाको होटलमा न्यायाधीशको खानपिन !

झगडियाको होटलमा न्यायाधीशको खानपिन !


काठमाडौं । सर्वोच्च बारको नयाँ नेतृत्वको पदस्थापन तथा रात्रिभोजमा सहभागी हुने बहानामा कामु प्रधानन्यायाधीश झगडिया होटल एलफ्टमा किन गए भन्ने प्रश्न अहिले पेचिलो बन्दै गएको छ ।

एलफ्ट सार्वजनिक जग्गा कब्जा गरेर बनाइएको आरोप जनस्तरबाट लाग्दै आएको छ । सार्वजनिक ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँ सेन्टरविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै छ । उक्त छायाँ सेन्टरका योजनाकार सञ्चालक पृथ्वी बहादुर पाँडे हुन् । झगडियाको होटलमा कामु प्रधानन्यायाधीश कार्कीलगायत न्यायाधीशहरु लर्को लागेर भोज खान पुग्ने व्यवस्था सर्वोच्च बारले मिलाइदिएको हो । कामु प्रधानन्यायाधीश कार्की न्यायाधीशहरुलगायत नेपाल बारका गोपाल कृष्ण घिमिरे, अन्जना खनाल, कुष्ण प्रसाद भण्डारी, सर्वोच्च बारका हरिशंकर निरौला, पूर्णमान शाक्य, खगेन्द्र प्रसाद अधिकारीलगायत झण्डै दुई सय व्यक्ति उक्त ककटेल डिनर पार्टीमा सहभागी थिए । सोही दिन दिउँसो पनि सम्पदाप्रेमी भागवत नरसिंह प्रधान, राजवीर डंगोललगायत झण्डै ५० जनाको टोलीले सार्वजनिक ऐतिहासिक कमल पोखरी कब्जा गरेर बनाइएको छायाँ सेन्टर भत्काएर सांस्कृतिक सम्पदा जगेर्ना गर्नुपर्ने माग लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए । उनीहरुले चाहिँ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै शान्तिपूर्ण रुपमा कार्यक्रम गरेका थिए । तर सर्वोच्च अदालतका न्यायाधीशहरुले चाहिँ झगडिया होटलमा विना कुनै हिच्किचाहट खानपिन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x