Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार प्रतिनिधिलाई कानुनी दायरामा ल्याउन माग

भन्सार प्रतिनिधिलाई कानुनी दायरामा ल्याउन माग


विराटनगर । भन्सार कार्यालयमा भन्सार जाँचपासको सहजीकरण गर्न भन्सार एजेन्टहरुले राखेका प्रतिनिधीनिलाई पनि कानुनी दायरामा ल्याउन माग गरिएको छ । विराटनगर भन्सारलाई आफनो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न भन्सार प्रतिनिधिहरुले संगठीत रुपमा स्वतन्त्र भन्सार प्रतिनीधि संंगठन गठन गरेपछि उनीहरुलाई पनि कानुनी दायरामा ल्याउन सरोकारवालाहरुले माग गरेका हुन् ।

नेपालभर रहेका भन्सार कार्यालयमा भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागबाट भन्सार एजेन्टको इजाजत पाएका भन्सार एजेन्टले आफु सहित दुई जना भन्सार प्रतिनीधिका रुपमा काम गर्ने गरी प्रतिनीधि तोक्न सक्नेछन् । पछिल्लो समय उक्त अधिकारको ब्यापक दुरुपयोग गरी एजेन्टहरुले प्रत्येक भन्सारमा आफ्ना प्रतिनिधि खटाएका छन् । साथै भन्सार प्रतिनिधिहरुले हाल संगठीत संस्था नै बनाएर भन्सार जाँचपास गर्न थालेपछि अव उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ । भन्सार एजेन्टले पनि आफनो खुसी प्रतिनीधि तोक्न थालेपछि अहिले विराटनगर भन्सार कार्यालयमा हुने भन्सार जाँचपास सम्वन्धि काममा व्यापक अनियमितता हुने गरेको बताईन्छ ।

साथै अव भन्सार प्रतिनिधिहरु संगठित भएर स्वतन्त्र भन्सार प्रतिनीधी नामक संगठन गठन गरेपछि उनीहरु झन सक्रिय भएर आर्थिक अपचलनमा लाग्ने स्थानियको आंशका छ । विराटनगर भन्सारमा कार्यरत भन्सार प्रतिनीधिहरुको जीवनमा देखिएको परिवर्तनले पनि यहाँ भित्र भएको अनियमितताको बारेमा अनुमान लगाउन सकिन्छ । भन्सार जाँचपासमा संलग्न भएर छोटो अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत समेतको कुनै ग्यारेन्टि समेत नदेखिएको अवस्थामा भन्सार प्रतिनीधिहरुको संगठन गठनले सम्वन्धित निकायको ध्यान गम्भिर रुपमा उठेको कुरा भन्सार स्रोतले बताएको छ । भन्सारका प्रतिनीधिको जिवन शैलीका बारेमा अनुसन्धान गरी सरोकारवाला निकायबाट कानुनी दायरामा नल्याउने हो भने भोलीका दिनमा यो समस्या अझ विकराल बन्ने जानकारहरु बताउँछन् ।

विराटनगर भन्सारले कहिल्यै पनि लक्ष्य अनुसारको राजस्व असूली गर्न नसक्नु र भन्सार प्रतिनीधिका विलासी जिवन शैली बढ्दै जानूले पनि भन्सारमा गढवड हुने गरेको बुझ्न सकिन्छ । ब्यक्तिगत पान नम्बरका भरमा लाखौको कारोवार गर्ने भन्सार प्रतिनीधिलाई राज्यले करको दायरामा समेत ल्याउने की नल्याउने भन्ने गम्भीर प्रश्न समेत उठ्न थालेको छ । विराटनगर भन्सारमा भन्सार प्रतिनीधिका रुपमा कार्यरत संजय दुगढ, सुनिल पोद्दार, राजेश भट्टराई, राजेश ठाकुर, अरविन्द ठाकु, सन्तोष खरेल, राजुु खरेल, निरन्जन अग्रवाल, राजकुुमार रौनियार, ललित बोहोरा, अनिल पोद्दार, र अकबर अलीको विलासी जिवन शैलीलाई लिएर भन्सार भित्र ब्यापक टिकाटिप्पणी समेत सुरु भएको छ । यी सबै भन्सार प्रतिनीधिहरु दश वर्ष अगाडीसम्म सामान्य जिवन विताउँदै आइरहेका थिए । हाल उनीहरु १ करोड देखी ७५ लाखसम्मका सुविधा सम्पन्न विलासी गाडीको प्रयोग गर्न थालेका छन् ।

कतीपय भन्सार प्रतिनीधिले भारतीय नम्बर प्लेटका भारतीय महंगा गाडी खरिद गरेर भारतमा नै भाडामा सञ्चालन गर्दै आएका छन् । विराटनगर भन्सारमा कार्यरत एक दर्जन बढी भन्सार प्रतिनीधिहरुले भारतीय गाडी खरिद गरी भारतमा नै सँचालन गर्दै आएको स्रोतको दाबी छ । भन्सार प्रतिनीधिहरुले विराटनगर भन्सारका प्रमुुख भन्सार अधिकृत तारा सापकोटालाई नै साचि राखेर गठन गरेको संस्थाले झन उनीहरुलाई थप सुरक्षित बनाएको बताउन थालिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x