सुरेश राउत
काठमाडौं, चैत २
नेपाली बैंकिङ क्षेत्र थप प्रविधिमैत्री बन्दै जाँदा एटीएम काउन्टरको संख्या पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्ममा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको एटीएम काउन्टरको संख्या तीन हजार छ सय ६२ वटा पुुगेको छ । उक्त एटीएम काउन्टर २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित कुुल ७३ वटा संस्थाहरुको हो, राष्ट्र बैंकले भनेको छ ।
सञ्चालनमा रहेका कुुल एटीएम काउन्टरमध्ये वाणिज्य बैंकहरुको मात्र तीन हजार दुुई सय ७४ वटा रहेका छन् । यीबाहेक विकास बैंकहरुको तीन सय ३७ र फाइनान्स कम्पनीहरुको ५१ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीसहितका कुुल ८५ वटा संस्थाहरुको सञ्चालनमा रहेका एटीएम काउन्टरको संख्या तीन हजार ४९ वटा रहेका थिए । अहिले धेरैजसो बैंक तथा फाइनान्स कम्पनीहरु एससीटी नेटवर्कमा आबद्ध भएको र यो नेटवर्टमा आबद्ध हुँदा एउटै बैंकको एटीएम कार्ड पनि नेटवर्कमा आबद्ध भएका धेरै बैंकहरुमा प्रयोग गर्न मिल्ने भएपछि एटीएम काउन्टरको संख्या शाखाको तुुलनामा कम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने चालू आवको पुुस मसान्तसम्ममा पाँच हजार पाँच सय ३३ वटा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या चार हजार ११ वटा रहेका छन् । यीबाहेक विकास बैंकहरुको एक हजार दुुई सय ९३ वटा एवं फाइनान्स कम्पनीहरुको दुई सय २९ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या चार हजार पाँच सय ९१ वटा रहेको थियो । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या तीन हजार दुुई सय ३३ वटा रहेका थिए । उक्त अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने एक हजार एक सय ५९ र एक सय ९९ वटा रहेका थिए । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुबाहेक ९० वटा लघुुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेको र यी संस्थाहरुको कुुल शाखा संख्या भने चालू आवको पुुस मसान्तसम्ममा तीन हजार आठ सय ६१ वटा पुुगेको छ । सोही आधारमा लघुुवित्त संस्थाहरुको शाखालाई समेत समावेश गर्ने हो भने नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या नौ हजार तीन सय ९४ वटा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया